पौष २८ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘मिस्टर झोले’को मेकिङ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सुटिङ्ग स्थलमा भएका दृश्यहरू समावेश गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई राजेश हमाल बन्दै अभिनय गरेको देखि रमाइलो गर्दै देउसी भैलो खेलेको हेर्न सकिन्छ ।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको चलचित्रलाई सिनेमा आर्टस् र टेकेन खड्का फिल्म प्रोडक्सनले निर्माण गरेको हो । चलचित्रमा दयाहाङसँगै दीया पुन, बुद्धि तामाङ, वर्षा राउत, विजय बराल, प्रविन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।