अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘हिरो रिटर्न्स’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण भएको लामो समय पछि निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । चलचित्र आउँदो नयाँ वर्ष वैशाख २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई आशिष् भेटवालले निर्देशन गरेका हुन् । सविन श्रेष्ठको निर्माण तथा अभिनय रहेको चलचित्र सविन र रेखाको साथमा दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शङ्कर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठको अभिनय रहेको छ । निर्माण पक्षको अनुसार चलचित्रको सिन चित्त नबुजेर केही सिन पुन सुटिङ गरिएको बताइएको छ । कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिवम अधिकारीको कथा रहेको छ भने मदनकाश्यप घिमिरेले खिचेका छन् । हिरो रिटर्न्समा चन्द्र गौतम कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको चलचित्र ’हिरो रिटर्न्स’मा भीम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् ।