यही पौष २१ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘राज्जा रानी’को मैथिली भाषामा ट्रेलर सार्वजनिक भएको छ । बिशेषत तराईका दर्शकलाई लक्षित गर्दै मैथिली भाषामा पनि चलचित्र डबिङ गरिएको हो ।
दाइजो प्रथाको कथालाई उठान गरिएको चलचित्र राज्जा रानीको मैथिली भाषामा डबिङ गर्ने जिम्मा भोर कम्पनीले लिएको थियो । यम थापाको लेखन र निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरसिया, दीपक क्षेत्री, संगीता नापित लगायतका कलाकारको भूमिका रहेको छ । राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।