भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीले भोग्नु परेको पीडा र कष्टलाई देखाउने नाटक ‘हरियो ढुङ्गा’ यति बेला बत्तीसपुतीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेकाे छ । नेपाली नाटकका पिता मानिने सुनिल पोख्रेकद्वारा निर्देशित यस नाटकले सरल तर गहन तरिकाले भुटानी शरणार्थीले भोग्नु परेको पिडालाई उजागर गरेका छन् ।

बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरको वरिपरि घुमेको नाटकले दर्शकलाई एक चोटि ती नै शरणार्थी को आसपास पुर्याउँछ । जीवनमा आफ्नो दुर्गती देख्ने न कुनै भाग्य हुन्छ न आफ्नो माटो गुमाउनु पर्ने पिडा बुझिदिने कोही हुन्छन् । यिनै बेसाहारा तर हरेक बिहान आफ्नो भाग्य बदलिने आशामा निदाउनेको कथा नै 'हरियो ढुङा' हो ।

मान्छेले जीवन जिउने बाटोमा सामना गर्नु पर्ने दुख होस् या थोरै आशा यिनै जन्जालोले नै मानिसलाई बचाइरहेको हुन्छ । यही सामान्य मान्छेको कथालाई बुनेर बनाइएको नाटक्ले पिडाभित्रै रुवाउँछ र हसाउँछ ।
उपेन्द्र सुब्बाको कथा रहेको ‘हरियो ढुङ्गा’ मा बिपिन कार्की, सुनिशा बजगाँई, आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन सिवाकोटी, दिपेन्द्र शाही, सुरज तमु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात वाँस्कोटा, अर्जुन थापा, कृतिका भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ ।
मङ्सिर २९ गतेदेखि मञ्चन भइरहेको नाटक पुस २२ गतेसम्म मञ्चन हुनेछ ।