चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत चलचित्रकाे रोमान्टिक गीत रिलिज गरिएको हो । 
सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर रहेकाे छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा सङ्गीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । मनोरम दृश्यमा सुट गरिएको गीत चलचित्र रिलिजको चार दिन पहिले आउट गरिएको हो । 

केही दिन पहिले मात्र चलचित्र निर्माण यूनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । नयाँ वर्षलाई लक्षित गर्दै पौष १४ गते चलचित्रले प्रदर्शन आरम्भ गर्दैछ । न्यू इयर इभ देखि रिलिज हुने यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ । यस चलचित्रलाई रति थापाले निर्माण गरेकी हुन् ।