चलचित्र ‘गाँजाबाजा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ह्पाप्पी ह्याप्पी मूड’ बोलको गीत बुधवार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गतिमा निख एण्ड जटाको सङ्गीत र जटावेदा बेनर्जीको स्वर रहेको छ । छायाङ्कन गरिएको करिब २ वर्ष बितिसकेको चलचित्र ‘गाँजाबाजा’ले आफ्नो प्रदर्शन मिति तय गर्दै पहिलो गीत रिलिज गरेको हो ।

 

निर्माण पक्षको अुनसार चलचित्र अब फागुन २५ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्र बिकासबोर्डको सेन्सर झमेलामा परेको चलचित्रको नामको कारण प्रदर्शन रोक गरिएको थियो ।‘गाँजाबाजा’लाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् भने पाण्डेको नै चलचित्रमा लेखन रहेको छ । बाबा –चलचित्र निर्माण कम्पनीको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा विष्ट थापाले निर्माण गरेका हुन् ।