सडक दुर्घटनामा परि अभिनेत्री तथा मोडल बिना थापाको निधन भएको छ । बुधकार काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्यांकरले बा ५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अभिनेत्री थापाको निधन भएको हो । गुल्मीको मुसिकोट गाउँपालिका २ की २७ बर्षीया बिना काठमाडौँको धापासी बस्दै आएकी थिइन् । ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी थापाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिनाले मोडलिङसँगै रंगमञ्च र केही चलचित्रमा काम गरेकी छिन् । उनी अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको क्रममा रहेको छ । कलाकार बिनाप्रति हार्दिक श्रद्धाञ्जली !