चलचित्र ‘हुर्रे’मा रहेको गीत ‘ठेकीमा दही’लाई दर्शकले मन पराएका छन् । केकी अधिकारी, अंकित खड्का र राजाराम पौडेलको नृत्य  रहेको गीतलाई युट््युबमा १० लाख भन्दा बढी पटक हेरिएको छ । कमेडी शैलीमा बनाइएको गीत गत डिसेम्बर १ मा सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर रहेको छ भने राजेन्द्र थापाको शब्द र गायक शिवाकोटी स्वयमको सङ्गीत रहेको छ । बौद्ध स्तुपा वरपर छायाङ्कन गरिएको गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् ।

 

यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको चलचित्रलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।