लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर चलचित्र ‘लिलिबिली’को छायाँकन सकिएको छ ।

निर्माण पक्षको अनुसार चलचित्रका मुख्य कलाकारद्धय प्रदीप खड्का र प्रियंका कार्की फिचरिङ रहेको गीत स्थानबुलमा खिचेसँगै चलचित्रको युरोप छायाङ्कन सकिएको हो ।

झन्डै युरोपमा ५० दिन छायाङ्कन गरिएको चलचित्रको केही प्रतिशत भने नेपालमा खिचिने छ ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ, अनुपबिक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।