चलचित्र ‘झमक बहादुर’को रिमिक्सि गीत ‘आमैले भन्थे धाराको पानी....’ सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमबिच चलचित्र गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीत ‘आमैले भन्थे धाराको पानी....’ कसुम गजमेर शब्द र रन्जित गजमेरको सङ्गीत रहेको लाई रिमिक्स ओम सुनारले गरेका हुन् । रिमिक्सिमा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको छ । ‘झमक बहादुर’मा नेपाली समाजको वास्तविक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक हास्य प्रधान चलचित्र रहेको निर्माण पक्षले बताएको छ । आगामी जेठ ११ गते देखि देशभर एक साथ प्रदर्शनमा आउन लागेको यो चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका हुन् ।

 


यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेको छ ।
राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र सङ्गीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतम र जीवन पराजुलीले छायाङ्कन गरेका छन् । .