हिजो सार्बजनिक चलचित्र 'शत्रुगते'को रुपै मोहनी बोलको गीतले नयाँ किर्तिमान कायम गरेको छ । उक्त गीतलाई सार्बजनिक गरिएको २४ घण्टामा ८ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ जुन अहिले सम्म कै धेरै भ्यु हो । गीतले दर्शकबाट पनि उत्तिकै सकारात्मक प्रतिक्रियाहरु पाईरहेका छ । यो समाचार तयार हुँदासम्म रुपै मोहनी नेपालको यु - ट्युबको ट्रेण्डिङ नम्बर १ मा, अस्ट्रेलियामा ट्रेण्डिङ नम्बर २० मा, कतारमा ट्रेण्डिङ नम्बर ११ र दुबईमा ट्रेण्डिङ नम्बर ४२ मा रहेको छ ।
'रुपै मोहनी'लाई टंक बुढाथोकी र मिना निरौलाले संयुक्त रुपमा गाएका हुन् भने संगीत टंक आफैले भरेका हुन् । गीतका शब्द भने लोकराज अधिकारीले लेखेका हुन् । गीतमा कविराज गहतराजले हरिवंश आचार्य दिपाश्री निरौला र दिपकराज गिरी, प्रियंका कार्की र पल शाह आँचल शर्मालाई जोडी बनाएर नचाएका छन् ।
प्रदिप भट्टराई निर्देशित चलचित्रमा मह जोडी, दिपक दिपा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौड्याल, बसुन्धरा भुषाल, रमेशरञ्जन झा, मोहित आचार्य लगायतका कलाकारको भूमिका रहेको छ । मह सञ्चारको प्रस्तुति रहेको चलचित्र 'शत्रु गते'को कार्यकारी निर्माता भने किरण केसी रहेका छन् ।