दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भयो । लामो समयसम्म ट्रेन्डिङमा बसेको उक्त ट्रेलरलाई हाल सम्म साढे १५ लाख बढीले हेरिसकेका छन् । ७ हजार बढी कमेन्ट आएको ट्रेलरमा अनमोलको द्धन्द्धात्मक शैली, उनको गेटअपलाई दर्शकले रुचाएका छन् ।
ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियालाई नियाल्दै निर्माण टिमले अब क्लब गीत सार्वजनिक गरेको छ । अङ्ग्रेजी नयाँ वर्षको शुभकामना स्वरूप गीत सार्वजनिक गरेको निर्माण पक्षले बताएको छ ।रेनशा वान्तवा राईको कारियोग्राफी रहेको गीतमा अनमोल केसी क्लबमा नाचेका छन् । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आरजेको शब्द सङ्गीत रहेको छ । गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण र द सुपर काजोल फिल्मस्ले प्रस्तुति रहेको चलचित्र कृमा सुवास गिरी र भूवन केसीको संयुक्त लगानी रहेको छ । माघ २६ गतेबाट प्रदर्शनको तयारी गरिरहेको चलचित्रमा अनमोलको साथमा अदिती बुढाथोकी, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ ।