नेपाली सिनेमा नगरीमा सम्बन्ध जोडिनु र तोडिनु सामान्य कुरा हो । कलाकारहरू जति समय सम्बन्ध जोड्नि लगाउन्छन् उति नै चाडो तोडन् आतुर हुन्छन् ।पछिल्लो समय अभिनेत्री दिपाश्री निरौला र पूजा शर्माको मित्रिता भने झागिन्दै गएको छ । शनिवार काठमाडौँमा आयोजना भएको एक विशेष कार्यक्रममा दिपा र पूजाको मित्रता झल्कियो । कार्यक्रमभर यी दुई अभिनेत्री एकसाथ नै थिए भने कार्यक्रम सकिएपछि सँगै फर्किएका थिए । अझ विशेष त कार्यक्रममा उपस्थित सबै दङ्ग परे जतिबेला दिपाश्री अभिनित चलचित्र ‘शत्रु गते’को रुपै मोहनीमा पूजा छमछमी नाचेकी थिइन् । पूजालाई साथ भने दिपाश्रीले दिएकी थिइन् । यी दुई अभिनेत्री उक्त कार्यक्रममा कुनै परवहा बिनानै सँगै नाचेका थिए । उनीहरूलाई हेर्दा लाग्छ उनीहरू निकै नजिक छन् । हालै अभिनेत्री दिपाश्री निरौलाको अभिनेत्रीद्धय ऋचा शर्मा र रेखा थापासँग सम्बन्ध चिसिएको छ । दिपाश्री सम्बन्धको कारणनै बेलाबखतमा विवादमा आइरहन्छिन् । यता पूजा शर्माको विगत हेर्दा निर्माता सन्तोष सेन र नायक प्रदीप खड्कासँगै केही कलाकारसँग राम्रो सम्बन्ध छैन । सम्बन्धको कारण विवादमा आइरहने यी दुई अभिनेत्रीको सम्बन्ध भविष्यमा भने कस्तो रहने हो त्यो भने समयले बताउनेछ।