चलचित्र ‘ए सोल्टिनी’को पोष्टर, गीत र ट्रेलर सार्वजनिक गरिएको छ । निमा लामाको निर्देशन र दिलकुमार घलानको निर्माण रहेको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । केही दिन राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पोष्टर, गीत र ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सबिन,अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, ज्ञानबहादुरलगायतले संयुक्त रूपमा ए सोल्टिनीको पोस्टर सार्वजनिक गरेका थिए । निर्माण पक्षको अुनसार चलचित्रको सुरुमा विभिन्न देशहरूमा विशेष सो गरिने अनि मात्र नेपालमा प्रदर्शन गरिने छ । नायक सबिनले ए सोल्टिनी मिठो चलचित्र बनेकाले दर्शकले मन पराउनेमा आफू विश्वस्त भएको बताए । कमेडीको साथै प्रेम देखाइएको चलचित्रको छायाङ्कन काठमाडौँ वरपर गरिएको छ ।