बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा यस वर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन् । पहिलो चरणमा छानिएका एसियाका ५० जना महिलाको सूचीमा मध्य प्रियंका पहिलो स्थानमा परेकी हुन । शुक्रवार प्रकाशित बेलायती साप्ताहिक पत्रिका 'ईस्टर्न आई'द्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन् । प्रियंकाले यो भन्दा अघि पनि पाँचौँ पटक एसियाली सर्वाधिक सेक्सी महिलाको उपाधि हात पारीसकेकी छन् ।

cinepati priyanka chopra