चलचित्र ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनि गरिएको छ । माघ १२ गते प्रदर्शन हुन लागेको यो चलचित्रकोे ट्रेलरमा कलाकार नरेन खड्का, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट मर्हजन फिचर छन् । चलचित्र स्वर्ग मेरो गाँउलाई रामकृष्ण बजगाईले निर्माण तथा निर्देशन गरेका हुन् । विकट गाँउलाई स्वर्ग बनाउन लागी परेका युवाहरूको कथालाई समेटिएको यो चलचित्रमा गोविन्द राईको कोरियोग्राफी, अष्ट मर्हजनको दन्द्ध र विकास चौधरीको सङ्गीत रहेको छ ।