चलचित्र ‘अमेरिका ब्वाईज’को छायाङ्कन सकिएको छ । मंहगो बजेटमा निर्माण भएको चलचित्रको छायाङ्कन २ करोड लागतमा सकिएको निर्माण पक्षले जनाएको छ । झापा र काठमाण्डौंमा छायाङ्कन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो । बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित चलचित्रमा वैदेशिक रोजगारीको विषय उठान गरिएको निर्माण पक्षले जनाएको छ ।
निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै वैशाख १४ देखि चलचित्र रिलिज गराउने तयारी गरेको थियो । तर उक्त डेटबाट चलचित्र केही समय पर सरेको छ । अब यो चलचित्र आगामी जेठ ४ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ ।
चलचित्र ‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय रहेको छ । यमूना खरेल र राज केसी चलचित्रका सह निर्माता हुन् । विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायाङ्कन तथा दीपक आर.जे र जयान जे. वाइवाको सङ्गीत रहेको छ ।