गत वर्षको सुपरहिट चलचित्र 'जात्रा' मोबाइल एप्लिकेसनमा मार्फत रिलिज भएको छ ।'सिनेमा घर' नामक मोबाइल एप्सबाट अब दर्शकले निःशुल्क जात्रा हेर्न पाउने भएका छन् । चलचित्र निर्माण पक्षले नयाँ वर्ष सन् २०१८ को शुभकामना दिँदै दर्शकलाई कोसेली स्वरूप जात्रा मोबाइल एप्समा रिलिज गरिएको बताएको छ । जात्रा गुगल पाले र एप्पल एप्सस्टोर दुवैमा उपलब्ध छ। सागर खरेलको डिजाइन रहेको सिनेमा घर एप्समा यसअघि ’लभ सासा’ र ’द विनर’ रिलिज भएको थियो । ५१ दिन मनाउन सफल भएको चलचित्र जात्रालाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । समिक्षात्मक एवं व्यावसायिक रूपमा सफल मानिएको चलचित्रमा रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।