गायक दिपेन्द्र सुनारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘काठमाडौँ’ बोलको म्युजिक भिडियो हालै युट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा गायक सुनारको नै शब्द संगीत रहेको छ । साहारा फिल्मको ब्यानरमा निमार्ण भएको भिडियोमा कुमार सिमखडा र निशा बिचित्रको अभिनय रहेको छ । भिडियोलाई राम केसीले निर्देशन गरेका हुन् भने अधिनायक शेर्चनले सम्पादन गरेका हुन् ।