बफिन्स ९८ समूहको नयाँ गीत अन्जानैमा बसेछ माया शीर्षकको भिडियो सार्वजनिक भएको छ । कुनैबेलाका राजा रानी र उनीहरूको भडकिएको आत्मा माथि यो भिडियोको कथा एउटा दरबार भित्रनै सक्ने गरी बुनिएको छ । गीतको शब्द सङ्गीत यसै ब्यान्डका गायक सन्जिब गुरुङको रहेको छ भने भिडियोमा  गौरव पाहारी र प्रियन्का सिंह अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन यसै ब्यान्डका गीतारिस्ट जीवन भाइले गरेका छन्। गीत सङ्गीतमा दुई दशक पार गरेको अवसरमा बफिन्स ब्यान्डले  २०१८ सुरुमा यो नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । हाल यस ब्याडका गायक सन्जिब हङकङको कोएजार एच के  भन्ने समूहमा सक्रिय छन् भने समूहका अन्य सदस्यहरू विवेक थापा प्रताप गुरुङ विजय हावा रोशन महर्जन अन्य देशमा बोसोबास गरेका छन् ।  सन १९९८ देखी  सक्रिय पोखराको यो समूहले यो भन्दा अघि ३ वटा कृति सार्वजनिक गरी सकेको छ । देश प्रेम र राष्ट्र भक्तिका शब्द सङ्गीत मार्फत चिनिने यो समूहले २० वर्ष पार गर्दा भने माया प्रेमका गीतलाई पनि समावेश गरेको बुजिन्छ ।