चलचित्र 'रोमियो एण्ड मुना'को नयाँ पोस्टर सार्वजनिक भएको छ । फागुन ११ गते प्रदर्शनमा आउन लागेका चलचत्रको नयाँ पोस्टरमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ प्रस्तुत छन् । पोस्टरको डिजाइन सञ्जय थापाले गरेका हुन् । सहरमा बस्ने रोमियो र गाउँकी मुनाको बिचको प्रेम बोलेको रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा विनय र श्रृष्टिको साथमा सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । चलचित्रमा प्रसन्न गोपाल, रोजी श्रेष्ठ र राम शर्माको लगानी रहेको छ । टिजर, पोस्टर र दुई वटा रिलिज गरिसकेको रोमियो एण्ड मुना टिम प्रचार प्रसारमा लागिरहेको छ ।