‘ए सोल्टिनी’को नयाँ गीत सार्वजनिक भएको छ । एकसाता अघि काठमाडौँमा आयोजित एक कार्यक्रममा चलचित्रको पोस्टर, गीत र ट्रेलर सार्वजनिक गरिएको थियो । टे«लर सोही दिन युट्युवमा आएको थियो भने झुमताना झुमताना बोलको गीत शनिवार सार्वजनिक गरिएको छ ।निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को सो गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् । सुनलाल वाइवाको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, गङ्गा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको गीत लोकभाकाको गीत विश्वास भण्डारीले खिचेका हुन् ।
दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गङ्गा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।