माघ १२ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘ह्याप्पी डेज’ले बलिउड चलचित्रको कारण प्रदर्शन मिति पछि सारेको । ‘ह्याप्पी डेज’ रिलिज हुने मितिमा बलिउडका दुई ठुला चलचित्र प्रदर्शन हुने भएसँगै निर्माण पक्षले हालको लागी प्रदर्शन मिति स्थगित गरेको हो । मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘ह्याप्पी डेज’मा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता र दिया पुनको अभिनय रहेको छ । माघ १२ गते बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘प्याड म्यान’ र प्रतिक्षित चलचित्र ‘पद्यमावती’ रिलिज हुने भएपछि निर्माण पक्षले तोकिएको मिति रोकेको हो । ह्याप्पी डेजको नयाँ प्रदर्शन मिति भने तय गरिएको छैन ।