चलचित्र दोषी को? को पहिलो गीत सार्वजनिक भएको छ । मङ्गलवार चलचित्रमा समावेश भएको शिरफूल शिरैमा बोलको गीत सार्वजनिक गरिएको हो । निमा लामा तामाङको निर्देशनमा बनेको चलचित्रको सो गीत मेलिना राईले गाएकी हुन् ।
निर्माता गोपी अधिकारीको शब्द र सङ्गीत रहेका गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको चलचित्रको कथा र पटकथा करण आफैले लेखेका हुन् । सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठा आले,रबिना थापालगायतका नवकलाकारको अभिनय रहेको चलचित्रमा पाँच वटा गीत समावेश छन् । त्यसमध्ये पहिलो गीत स्वरूप शिरफुल शिरैमा सार्वजनिक गरिएको निर्देशक निमाले बताएका छन् ।
दोषी को ? का गीतमा अन्जु पन्त, मेलिना राई, गोपी अधिकारी र सन्तोष सुनामको स्वर छ । गोपि अधिकारी र सन्तोष सुनामको शब्द छ । चलचित्रको पहिला विभिन्न देशमा सो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गरिने जानकारी निर्माता गोपीले दिएका छन् ।