अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ले सोल रिलिज पाएको छ । माघ २६ गते प्रदर्शन हुने भनिएको चलचित्र ‘कान्छी’ले रिलिज डेट पोसपोण्ड गरेर फागुन ४ गते सारेको थियो । यता निर्माता छविराज ओझाको चलचित्र ‘मंगलम’ पनि सोही मितिमा प्रदर्शन हुने भनिएको थियो । तर मङ्गलवार मंगलम निर्माण पक्षले आफ्नो प्रदर्शन मिति सारेसँगै कान्छीलाई फाइदा भएको हो । एक मात्र चलचित्र हुँदा कान्छी लाई प्रदर्शनमा सहज हुने पक्का छ । आकाश अधिकारी निर्देशित चलचित्रमा श्वेता र अभिनेता दायहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन्।
आफ्नो चलचित्र सोल रिलिज भएसँगै कान्छी दङ्ग भएकी छन् । कान्छीलाई सोल रिलिज गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै श्वेत भन्छिन् ‘माघको पहिलो साता ट्रेलर सार्वजनिक तयारीमा छौ ।’ यस अघि कान्छीमा समावेश भएको दुई वटा गीत सार्वजनिक भइसकेको छ । जसमा
‘चरी चट्ट’ बोलको गीतले युट्युवमा ८० लाख माथि भ्युज पाएको छ । याम थापाको लेखन रहेको कान्छीमा श्वेता र दयासँगै निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ, कामेश्वर चौरसिया, आशान्त शर्मा लगायतको अभिनय रहेको छ ।