केही समय अघिमा दुबईमा ‘म्युजिक भिडियो अवार्ड’ सम्पन्न गरेको संगिक्षा फिल्मस्ले कतारमा ‘सुपरस्टार नाइट’ आयोजना गर्ने भएको छ । मार्च ८ र ९मा दर्जन बढी कलाकारलाई लिएर कतारस्थित दुई सहरमा कार्यक्रम आयोजना गर्ने लागेको हो । संगिक्षा फिल्मससँग कुमारी बैङ्क र बम रेमिटले सहकार्यमा हुन लागेको कार्यक्रमको बुधवार राजधानीमा एक कार्यक्रम बिच जानकारी दिइएको थियो । उक्त कार्यक्रममा अभिनेत्री निरुता सिंह, हास्यकलाकार जित नेपालको साथै अनु शाह, हेमन्त शर्मा, आनन्द कार्की, अनिल सिंह, युवराज चौलागाई, सन्तोष राज, रितकुमार श्रेष्ठ, राजनराज सिवाकोटी, राधिका हमला, एन्जिला रेग्मी, सेलिना कुँवर, शङ्कर वासी लगायतका स्रष्टा उपस्थित हुनेछन् । कार्यक्रममा अन्य चर्चित कलाकारहरूको छनोट कार्य चलिरहेको संगिक्षा फिल्मसका प्रमुख एवं संचारकर्मी मनोज केसीले जानकारी दिए ।आयोजक टिममा धिरेन्द्र पन्त, परविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भवन तामाङ, रीत कुमार श्रेष्ठ लगायत अन्य छन् ।