यही आउँदो माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पिँजडा ब्याक अगेन’ जापानमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षको अनुसार चलचित्र नेपालमा रिलिज भएको १० दिनपछि जापानमा प्रदर्शन हुने भएको हो । जनवरी २८ मा हुने विशेष सोमा नेपालबाट चलचित्रका निर्देशक हिमाल केसी, अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुईटेल जापान जाने भएका छन् । जनवरी २८ मा टोकियोमा हुने प्रदर्शनीपछि अन्य सहरमा पनि भिन्न भिन्न मितिमा चलचित्रको सो हुने निर्माण पक्षले बताएको छ । जापानमा प्रदर्शनको अधिकार भने क्लासिक युथ जापानले लिएका छ ।श्रीराम बरालको प्रस्तुति तथा रहित पुरी र गोविन्द गरेको निर्माणमा बनेको चलचित्रमा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराईसँगै केही दिन पहिले मात्रै दिवङ्गत भएकी विना थापाको मुख्य भूमिका रहेको छ । ‘पिँजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । चलचित्रमा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको सङ्गीत छ ।