गायक सन्जीत श्रेष्ठ र छेवाङ लामाको नयाँ कभर म्युजिक भिडियो सार्वजनिक भएको छ । 'रेलै मै चढी' म्युजिक भिडियो हालै युट्युबमार्फत सार्वजनिक भएको हो । गीतको शब्द भन्ने ओर्जीनल गायिका त्रीसा गुरुङको रहेको छ । विजे ब्लोव्न तामाङको छायाङ्कन रहेको भिडियोमा छेवाङ लामा, सन्जीत श्रेष्ठ र सुनिता गुरुङलाई फिचर गरिएको छ । गीतमा सम्पादन भने विक्रम अधिकारीको रहेको छ । गीतलाई सन्जीत श्रेष्ठ र छेवाङ लामा आफैले मिलेर निर्देशन गरेका हुन् ।