पुस २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’को प्रिमियर हङकङमा हुने भएको छ । आउँदो आइतबार (जनवरी १४)मा मृगौला पीडित दिलुमाया गुरुङको सहयोगार्थ हङकङमा विशेष सो हुने भएको हो । ‘गोर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले आयोजना गर्न लागेको विशेष सोमा नेपालबाट कलाकार दयाहाङ राई, दिया पुन र निर्देशक रामबाबु गुरुङ सहभागी हुनेछन् । ‘अडीटोरियम युएन लग’ थ्रीयटरमा बेलुका ८ बजे हुने सोको लागी पुरानो नाचघर अगाडीबाट स(शुल्क बसको पनि व्यवस्था गरिएको छ ।रामबाबु गुरुङ निर्दे्शित चलचित्रमा दया र दियाका अलावा बुद्धि तामाङ,बर्षा राउत, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । चलचित्रमा रामबाबुको कथा लेखन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटारसुजेन कार्कीको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन र विक्रम स्वरको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरबट निर्माण भएको चलचित्रमा टेकेन खड्का निर्माता हुन् भने रौनकबिक्रम कँडेल कार्यकारी निर्माता हुन् ।