चलचित्र ‘पर्व’ प्रदर्शन भएलगतै गुमनाम भएकी अभिनेत्री नम्रता श्रेष्ठ नयाँ चलचित्रको लागी अनुबन्धित भएकी छिन् । ‘जायरा’ नाम गरिएको चलचित्रमा नम्रता औपचारिक रूपमा अनुबन्धित भएको बताइएको छ । पछिल्लो समय नम्रता लाइमलाइटबाट पर छिन् । बुझिए अनुसार उनी जायराको लागी मेहनत गर्दै छिन् । नम्रताक चलचित्रमा ‘बक्सिङ’ खेलाडीको भूमिका रहने छ । जसको लागी उनी सकिस् प्याक निकाल्ने तयारी गर्दै छिन् । उनीसँगै चलचित्रमा अनुप विक्रम शाही फाइनल भएका छन् । आशुतोष श्रेष्ठले चलचित्रलाई निर्देशन गर्दै छन् । केही समय भित्रनै छायाङ्कन सुरु गरिने यस चलचित्रमा पहिलो पटक नम्रता र अनुपले स्किृन सेयर गर्न लागेका हुन् ।