भोलि अर्थात् पौष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को लागी अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्की निकै उत्साहित छन् । यी दुई जोडी पछिल्ला केही दिन यता प्रमोसनमा दौडधुप गरिरहेका छन् । तर चलचित्र हेर्ने भने १६ वर्ष मुनिका बालबालिकाको लागी भने अभिभावक चाहिने भएको छ । मङ्गलवार भएको सेन्सरले चलचित्रलाई पाजी सर्टिफिकेट दिएको हो । यसको मतलब १६ वर्ष भन्दा कम उमेरकाले चलचित्र हेर्ने अभिभावक चाहिन्छ ।
सार्वजनिक गीत र ट्रेलरबाट निकै राम्रो प्रतिक्रिया बोकेको चलचित्रबाट निर्माण टिम आशावादी रहेको छ।ओम प्रतीक गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका र आर्यनको साथमा रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुषमा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।रमेश प्रजापति कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रूपमा रहेका छन्।