आज शुक्रबार चलचित्र हेर्ने सोच्दै हुनुहुन्छ भने आजबाट दुई आशा गरिएको चलचित्र प्रदर्शनमा आएका छन् । जसमा रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित चलचित्र ‘बटरफ्लाई’ रहेको छ । चलचित्र मिस्टर झोले दयाहाङ राई , दिया पुन ,बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । चलचित्रमा रामबाबुको कथा लेखन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटारसुजेन कार्कीको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन र विक्रम स्वरको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरबट निर्माण भएको चलचित्रमा टेकेन खड्का निर्माता हुन् भने रौनकबिक्रम कँडेल कार्यकारी निर्माता हुन् ।
त्यस्तै आजबाट प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाई’मा अभिनेत्री प्रियंका कार्की , आर्यन अधिकारी, रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुषमा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।रमेश प्रजापति कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रूपमा रहेका छन्।