चलचित्र ‘ब्लाईन्ड रक्स’को पहिलो गीत सार्वजनिक भएको छ ।  फागुन १८ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्रको पहिलो गीत ‘उड्यो मन’ बिहीबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो । क्लासिकल फ्लबरमा रहेको गीतको भिडियोमा बेनिषाले कथ्थक नृत्य प्रस्तुत गरेकी छन् ।हरिलम्सालको सङ्गीतमा तयार भएको गीतमा बानीका प्रधानले स्वर दिएकी छन् । गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द सिर्जना रहेको छ ।

दृष्टिविहीन युवती सृष्टि केसीको जीवनीमा आधारित चलचिमा बेनिषाले सृष्टिको भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा बेनिषाको साथै  गौरी मल्ल, अर्पण थापा, अनिल शाह, वसन्त भट्ट लगायतको अभिनय रहेको छ ।  एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो ।