आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको संवाद र कलाकारको अभिनयले प्रशंसा पाएको छ । बिहान आयोजना गरिएको प्रेस सोमा अभिनेता राई पत्नी र छोरा सहित उपस्थित थिए । चलचित्र हेरिसके पश्चात् दयाहाङकी श्रीमतीले दयाहाङको अभिनयले मन छोएको प्रतिक्रिया दिएकी थिइन् । ‘उहाँ (दयाहाङ राई) लाई चलचित्रमा मायालु देखिएको छ । मलाई एकदमै मनपर्यो ’ सिनेपाटीसँग कुरा गर्दै उनले बताइन् ।
प्रेस सोमा दया सहित निर्देशक गुरुङ, नायिका दिया पुन, निर्माताहरू टेकेन खड्का, रौनक विक्रम कंडेल, कलाकार कमलमणी नेपाल लगायत उपस्थिति थिए ।नायक संजोग कोइराला, नायिका मेनुका प्रधान, सृजना सुब्बा लगायतले फस्ट सोमा मिस्टर झोले हेरेका थिए ।