नेपाल आइडलका तीन प्रतियोगी सागर आले, सुरज थापा र राहुल विश्वासको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ l लामो समयको मेहनत पश्चात् 'गोरीVSगोर्खे'बोलको लिरिकल भिडियो बजारमा आएको हो ।

गीतको अफिसियल भिडियो भने केहि दिनमा नै सार्बजनिक गरिने निर्माण पक्षले जनाएको छ l गीतको भिडियोलाई गोपाल रसाइलीले निर्देशन गर्नुका साथै छायाङ्कन र सम्पादन लाई पनि आफैले गरेका छन् l रमेश दाहालको शब्द रहेको गीतमा टिका दाहालको सङ्गीत रहेको छ l