शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’लाई दर्शकको राम्रो साथ पाएको छ । पहिलो सो सुखद ओपनिङ गरेको चलचित्रले शुक्रवार ७० प्रतिशत अकुपेन्सी रहेको र शनिवार ९० प्रतिशत अकुपेन्सी रहेको चलचित्र वितरक गोविन्द शाहीले जानकारी दिए । चिसोका कारण शनिवार बिहानका शोज केही प्रभावित भए पनि दिउँसो र बेलुकाका ९० प्रतिशत शोज हाउसफुल रहेको शाहीले बताए । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको केमडी पाटोलाई दर्शकले रुचाएको निर्माण पक्षले बताए । शनिवार राजधानीका केहीहलहरुमाm चलचित्रका कलाकारसहित निर्माताद्धय टेकेन खड्का र रौनकबिक्रम कँडेल पुगेका थिए ।हलमा दर्शकको प्रतिक्रियाले उत्साहित बनाएको कलाकार प्रविन खतिवडाले बताए । चलचित्रमा मुख्य कलाकार दयाहाङ राई, दिया पुन र निर्देशक भने शुक्रबारनै चलचित्रको प्रिमियरको लागी हङकङ पुगेका छन् । निर्देशक रामबाबुकै कथा रहेको चलचित्रमा दया र दियाको साथमा प्रविन खतिवडा, वर्षा राउत, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रलाई टेकेन खड्का र रौनकविक्रम कँडेलले निर्माण गरेका हुन् ।