अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शन नहुँदै ‘कोहलपुर एक्सप्रेस २’ निर्माण गर्ने घोषणा गरेकी छिन् । शनिवार राजधानीमा निर्देशब विशाल भण्डारीको जन्मदिन मनाउँदै उनले सप्राइज दिएकी हुन् । संचारकर्मी हुँदै दर्जनौँ म्युजिक भिडियो निर्देशन गरेका विशालले ‘कोहलपुर एक्सप्रेस’बाट ठुलो पर्दामा डेव्यु गर्दै छन् । यो चलचित्रको छायाङ्कन सकिसकेको छ । ‘कोहलपुर एक्सप्रेसको सुटिङमा विशाल जीले गर्नु भएको मेहनतलाई सम्मान गर्दै चलचित्रको सिक्वेलको जिम्मापनि उहाँलाई नै दिएका हौँ ।’ अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले बताइन् । केहीले दिएको सप्राइजले केही समय विशाल निशब्द भएका थिए । ‘सानोतिनो सेलिब्रेसन होला भनेर सोचेको थिए । तर यति ठुलो जिम्मावारि दिने निर्णय गर्नु भयो । सोचेको नै थिइन् । ’ विशाल बताउँछन् । कोहलपुर एक्सप्रेसबाट दर्शकले राखेको अपेक्षालाई पुरा गर्ने उनी बताउँछन् । वैशाख १४ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्रको पहिलो गीत केही दिन भित्रमा सार्वजनिक गरिने निर्माण पक्षले बताए । चलचित्रमा केकीसँगै ऋचा शर्मा र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । कोहलपुर एक्सप्रेसको सिक्वेलमा सम्भवत कलाकार दोहरिने केकीले बताइन् ।