दर्जनौँ म्युजिक भिडियोमा काम गर्दै पछिल्लो समय चलचित्रमा समेत स्थान बनाएका नायक पल शाहको नेपालमा गज्जबको फ्यान फलोइङ छ । नेपाल भन्दा बाहिर पलको उस्तै क्रेज रहेको देख्न सकिन्छ । केही महिना अघि चलचित्र ‘म यस्तो गीत गाउँछु’ दिएर थाइल्याण्ड पुगेका पललाई फ्यानले घेराका थिए । यस्तै भएको छ दार्जिलिङमा पनि । केही दिन अघि दार्जिलिङ पुलिसको आयोजनामा दार्जिलिङ पुगेका पल र आँचल शर्मालाई फ्यानहरुबाट जोगाउन मुस्किल परेको थियो । दुवैलाई भिडबाट जोगाउन दार्जि्लिङ्ग पुलिसका डी एस पी सिद्धार्थ दर्जी, ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्निसपेटर मिलन गुरुडं ले ५० भन्दा बढी प्रहरीको साथमा पललाई होटेल सम्म पुर्याएका थिए। पल र आंचलका फ्यानहरु होटेलको गेटमा नै उनीहरूको प्रतीक्षामा बसेका थिए।
होटेलको गेटबाट उनीहरू नहटेपछि पल शाहलाई पुन प्रहरीले फ्यानहरु बिच साक्षात्कार गराएको थियो। सुरक्षाका हिसाबले रोकिरहेको प्रहरीलाई पल आफैले फ्यानहरु सँग फोटो खिच्न दिन लाई अनुरोध गरेका थिए। उहाँहरूको माया ले नै यहाँ सम्म आइपुगेको भन्दै भिडमा जान तयार भएका थिए।
ट्राफिक पुलिसका प्रमुख शेर्पाले भारतीय कलाकार आउँदा भन्दा नेपाली कलाकार पल शाह र आचल शर्मा आउँदा क्रेज धेरै भएकाले सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए।