चलचित्र ‘साली कसको भेनाको’ निर्माण हुने भएको छ । भद्र भुजेलको निर्देशनमा प्रसाद श्रेष्ठले चलचित्र निर्माण गर्ने भएका हुन् । यस अघि श्रेष्ठले कर्जा, कान्छी, सन्तान जस्ता चलचित्रको निर्माण गरिसकेका छन् । माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायाङ्कन सुरु गरिने चलचित्रमा विल्सन विक्रम राई , सुषमा कार्की ,मरिष्का पोखरेल,रजनी गुरुङ ,प्रिया रिजाल, जयनन्द लामा ,कविता आले,पुष्कर गुरुङ लगायतका कलाकारहरूको अभिनय रहने छ । मानवीय समबेदना माथि निर्माण गरिन लागिएको  ’साली कसको भेनाको’ कमेडी तथा पारिवारिक चलचित्र रहेको निर्माण पक्षले बताएको छ । चलचित्रमा मगर जातिको संस्कृतिमा साली र भना बिचको सम्बन्धलाई देखाइने बताइएको छ । चलचित्रको छायाङ्कन चितवन र धम्पुसमा हुने छ । दीर्घ गुरुङको छायाङ्कन रहने यस चलचित्रमा वसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको नूत्यनिर्देशन रहने छ ।चलचित्र ’साली कसको भेनाको’लाई  सुनिल कुमार न्यात्स्यो ,विशाल श्रेष्ठ ,उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन्।