चलचित्र ‘पण्डित बाजेको लाैरी’ निर्माण हुने भएको छ । पण्डित्याइँ गर्ने पण्डितहरूको कथामा बन्न लागेको चलचित्रको आइतबार औपचारिक घोषणा गरिएको छ । राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको निर्माण घोषणासँगै अध्रित फिल्मस् प्रालीको शुभारम्भ गरिएको थियो । चलचित्रलाई दीपक ओलीले निर्देशन गर्ने भएका छन् । पण्डित समाजको समस्या र घटनाहरू बोल्ने चलचित्रमा भोलाराज सापकोटा, मरिस्का पोखरेल, प्रविन खतिवडा, विजय बराल, प्रमोद खग्रहरी, सन्ध्या केसी, लोकेन्द्र विष्ट, विशाल पहारी र कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । अध्रीत फिल्मस् प्रा.लिई को ब्यानरमा बन्ने चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ ।

चलचित्रलाई थमन कुमार भण्डारी र किशोर खड्काले संयुक्तरुपमा निर्माण गर्दै छन् । अमित श्रेष्ठको सङ्गीत रहने चलचित्रमा बिदुर पाण्डेको छायाङ्कन रहनेछ । ७० लाख बजेट छुट्टाइएको चलचित्रको छायाङ्कन माघ २० गतेबाट सुरुहुने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र २०७५ भदौमा प्रदर्शन हुने छ ।