छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले निर्माण गरेको चलचित्र ‘मंगलम’को नयाँ गीत सार्वजनिक भएको छ । ‘बम्पर उपहार’ बोल दिइएको गीतमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाई फिचिरिङ छन् । चलचित्रमा प्रमोद खरेलको स्वर रहेको छ भने दीपक शर्माको सङ्गीत र लेख सहयात्रीको शब्द रहेको छ । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । नवल नेपालको निर्देशन रहेको चलचित्रमा शिल्पा र पृथ्वीराजसँगै पुष्पल खड्काको मुख्य भूमिका रहेको छ । त्यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष भूमिका रहेको छ । यस अघि फागुन ४ मा रिलिज हुने भएको चलचित्रमा अब फागुन २५ मा ुिरलिज हुने भएको छ ।