चलचित्र ‘नेप्टे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुपारी काँचो’ बोलको गीत सोमबार काठमाडौँमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको हो । गीतमा भानुभक्त ढकालको शब्द, ओम सुनारको सङ्गीत र सावित्री जोशीरओम सुनारको स्वर रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा कलाकार बुद्धि तामाङ,  छुल्ठिम गुरुङ, रोहित रुम्बा लगायतका अन्य कलाकारहरू फिचर छन् । आर रोशफी फिल्मस् र रोहित रुम्बाको प्रस्तुति रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा किरण माइकल घिमिरेको पटकथा र संवाद रहेको छ भने नेप्टेलाई निर्माता  रोहित रुम्बाले लेखेका हुन् । चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अर्जुन गुरुङ, अरुणा कार्की लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र ३० बाट रिलिज हुने भएकाे छ ।