सिनेपाटी । यही माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र शेरबहादुर हलिउड चलचित्रबाट प्रभावित रहेको निर्माण पक्षले बताएको छ । मङ्गलवार काठमाडौँ स्थित एभरेष्ट फिल्म एकेडेमी आयोजना गरिएको पत्रकार सम्मेललमा चलचित्रको बारेमा जानकारी दिँदै हलिउड चलचित्रबाट कपि भन्दा पनि प्रभावित भएको क्रिएटिभ निर्देशक प्रदिप भट्टराईले बताए । यता चलचित्रका मुख्य अभिनेता सुनिल थापाले शेरबहादुरले आफ्नो पुरानो चर्चित पात्र रातेकाँइलालाई बिर्साइदिने दाबी गरे । यो चलचित्रबाट उनी शेरेको रूपमा परिचित हुनेमा ढुक्क भएको बताए । पत्रकार सम्मेलमा चलचित्रका मुख्य कलाकार सुनिल थापा,  कर्म, मेनुका प्रधान, रबिन्द्र झा,  चलचित्रका निर्माता गौरी शङ्कर धुजु, क्रिएटिभ निर्देशक प्रदिप भट्टराई र चलचित्रका वितरक गोपालकाजी कायस्थ लगायतको उपस्थिति रहेको थियो । चलचित्रको बारेमा बोल्दै आफू चोरको भूमिकामा देखिएको बताए । 
यता चलचित्र जात्राबाट चर्चामा आएका कलाकार रबिन्द्र झा आफू पहिलो पटक लभर ब्वाई को रूपमा प्रस्तुत भएको बताएका छन् । रबिन्द्रले अरू चलचित्रमा काम गर्दा र शेरबहादुरमा काम गर्दा निकै फरक भएको बताए । उनले आफूले डेब्यु चलचित्रमा जस्तै धेरै कुरा सिक्न पाएको बताए । चलचित्रकी कलाकार तथा नायिका मेनुका प्रधानले आफूले अरू चलचित्र भन्दा बेग्लै गर्ने सोचले शेरबहादुर खेलेकी बताए । चदपचत्र देशभरिको ६ दर्जन हलहरूमा एकसाथ लाग्ने वितरक गोपालकाजी कायस्थले जानकारी गराए । चलचित्रका निर्देशक आर राजवंशी हाल अमेरिकामा छन् । चलचित्रको सार्वजनिक कान्छी मट्याङ बोलको गीत र ट्रेलर दर्शकले रुचाईसकेका छन् ।  चलचित्र प्रति निर्माण पक्ष र कलाकार आशबादी रहेको पत्रकार सम्मेलमा जानकारी गराइएको छ ।