यस वर्षको सफल चलचित्र ‘प्रेमगीत २’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । यस अघि विभिन्न देशमा रिलिज भइसकेको चलचित्र फेब्रुअरीमा अस्ट्रेलियाको सिड्नीमा रिलिज हुने बताइएको छ । चलचित्रको डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी अमेरिका र नेपालले लिएको हो । चलचित्र सिड्नीमा कलिउड क्लबले सोको व्यवस्था गरेको छ । चलचित्रको फेब्रुअरी ३ तारिखमा पहिलो सो आयोजना हुनेछ । शनिवार हेशभिलको शिभिक थिएटरमा हुनेछ भने बाँकी सोको तयारी भइरहेको छ।
आशुसेन फिल्मसको ब्यानरमा सन्तोष सेनले निर्माण गरेका चलचित्रलाई  रामशरण पाठक निर्देशन गरेका हुन् । यस चलचित्रमा  प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ ।