गायक प्रविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । 'पूर्व जाने...' बोलको गीत केही दिन अघि युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा जितेन लेप्चाको शब्द तथा सङ्गीत रहेको छ भने एरेन्ज फनिन्द्र राईले गरेका हुन् । गीतको भिडियोलाई श्रिधर पौडेलले निर्देशन गरेका छन् । नायिका अनु शाह र गायक श्रेष्ठको अभिनय रहेको भिडियोमा विनोद पोखरेल र निर्देशक पौडेलको छायाङ्कन रहेको छ । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।