रङ्ग पत्रकारसाथै ‘अधकट्टी’ निर्देशन सुव्रतराज आचार्यले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । नायक सलोन बस्नेत र सारा श्र्रिपालीको जोडीमा उनले ‘सुश्री सम्पत्ति’ बनाउन लागेका हुन् । सामाजिक कमेडी कथामा बन्न लाथेको चलचित्रमा सलोन र साराको अलावा विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेल, प्रेमबर्षा खड्का र रोशनी कार्की लगायतका कलाकारको अभिनय रहने छ । केही दिनमा औपचारिक घोषणा गरिने चलचित्रको सम्पूर्ण छायाङ्कन पोखरामा हुने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई रमेश त्वयनाले निर्माण गर्दै छन् । अर्जुन तिवारीको छायाङ्कन, सुरेश अधिकारीको सङ्गीत रहने चलचित्रमा कविराज गहतराजले कोरियाग्राफी गर्दै छन् ।