चलचित्र ‘शत्रु गते’मा समावेश भएको ‘रूपै मोहनी’ले छोटो समयमा ५० लाख भ्यु कमाएको छ । युवट्युमा करिब तीन साता अघि अपलोड गरिएको भिडियोलाई महिना दिन नपुग्दै ५० लाखले हेरेका हुन् । लोकलयमा रहेको गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको छ । गीतमा सङ्गीत गायक बुढाथोकीले भरेका छन् भने शब्द रचना लोकराज अधिकारीको रहेको छ । कविराज गहतराजको कोरियाग्राफी रहेको भिडियोमा चलचित्रका कलाकारहरू हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका फिचर्ड छन् । किरण केसीको निर्माणमा मह सञ्चारको प्रस्तुति रहेको चलचित्र ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चैत ९ गतेबाट अल नेपाल रिलिज हुने चलचित्रमा दीर्घ गुरुङको छायाङ्कन रहेको छ ।