अवकाश प्राप्त भएको एक आर्मीको कथामा बनेको चलचित्र ‘शेर बहादुर’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुनिल थापा, कर्म शाक्य, मेनुका प्रधान र रविन्द्र झा फिचरिङ छन् । एक्सन , रोमान्स र ड्रामाले भरिपूर्ण चलचित्र ‘शेर बहादुर’को केही समय अघि एक गीत र टिजर सार्वजनिक भइसकेको छ । सस्पेन्सले भरिएको टिजरमा अभिनेता सुनिल थापालाई भयानक तरिकाले प्रस्तुत गरिएको छ । आउँदो माघ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् । चलचित्रलाई वरिष्ठ छायाँकार गौरीशंकर धुजुले निर्माण गरेका हुन् । धुजु नेपाली चलचित्र क्षेत्रमा ४० वर्षदेखि अनवरत रूपमा लाग्दै आइरहेका छन् । चलचित्रमा कोसिस क्षेत्रीको सङ्गीत, वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङ र नारायण जिसीको छायाङ्कन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रलाई प्रमोढ क्षेत्रीले लेखेका हुन् ।