चलचित्र नगरीमा चलेको अनि जमेको नाम हो निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का । सन् २०१६ मा विवाह बन्धनमा बाँधिएसँगै यी दुईको चर्चा अझ बढी भयो । बिशेषत युवामाझ योे जोडीलाई ‘राष्ट्रिय दाइ–भाइजु’ भन्ने गरिन्छ । निर्देशक निश्चल बस्नेतले चलचित्र ‘लुट’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरेका हुन् भने नायिका स्वस्तिमा खड्काले मोडलिङ हुँदै ‘होस्टेल रिर्टनस्’बाट डेव्यु गरेकी हुन् । होस्टल रिर्टनस्’ पछि स्वस्तिमाको ‘लभ लभ लभ’ रिलिज भयो । तर यो चलचित्रले स्वस्तिमाको करियरमा खासै फाइदा र्पुयाउन सकेन । सिने नगरीमा निश्चलसँग बिहे गरेपछि स्वस्तिमाको करियर उकालो लागेको भन्ने जमात पनि ठुलो छ । निश्चल भन्छन् ‘टाढा बसेर अरूलाई आलोचना गर्ने जमात ठुलो छ । जसलाई हामी आफैले केही भन्न सक्दैनौ । तर मलाई थाहा छ उसले (स्वस्तिमा) कति मेहनत गरेको छ र उनीसँग नजिक भएकालाई थाहा छ ।’ उनी थप्छन् ‘हामी दुवै आफ्नो आफ्नो ठाउँ बाट मेहनत गरिरहेका छौ । अझ राम्रो काम गर्ने सर्घष गरिरहेका छौ । ’
बिहीबार ३८ वर्ष लागेका निश्चललाई जन्मदिनका सप्राइज सेलिब्रेसन दिएकी स्वस्तिमाको तारिफ गर्दै आफूलाई स्वस्तिमाको काम मनपरेको बताएका थिए । यो वर्ष निश्चल र स्वस्तिामा अभिनित दुई फरक चलचित्र ‘२ रुपैयाँ’ र ‘छक्का पञ्जा २’ रिलिज भए । दुवै चलचित्र सफल पनि भए । अब एकसाथ कहिले चलचित्र आउँछ ? भन्ने प्रश्नमा निश्चल भन्छन् ‘ हामीलाई सुहाउने कथा आएमा बुढा–बुढी काम गर्न तयार छौ । समय लाग्ला तर अवश्य चाडै आउँछ ’ ।सिनेपाटीसँग कुरा गर्दै निश्चल र स्वस्तिमाले अहिले नै बच्चाको विषयमा नसोचेको समेत बताए । ‘अहिले हामी दुवै आफ्नो काममा व्यस्त छौ । अलिक वर्ष पारिवारिक योजनाबाट टाढा रहन्छौँ होला’ दुवैले एकसाथ आफ्नो राय राखे । यता पछिल्लो समय निश्चल र स्वस्तिमाको वैवाहिक सम्बन्ध राम्रो नरहेको समेत कुरा हुन थालेको छ । निश्चल भन्छन् ‘कहाँ बाट आउँछ यस्तो कुरा । श्रीमान्–श्रीमती बिच कहिले कोही झगडा पर्नु सामान्य हो । यस्तो हल्ला हुनु नै गलत हो । ’ स्वस्तिमा थप्छिन् ‘मलाई एक पत्रकार मित्रले केही समय अघि ‘तिम्रो र निश्चल’को डिभोर्स हुदैँछ भनेर भन्नु भएको थियो । अचम्म लाग्छ हाम्रो डिभोर्सको बारेमा यस्तो हल्ला सुन्दा । हामी दुवै आफ्नो आफ्नो काममा व्यस्त हुन्छौ । सधैँ एकसाथ हुन पनि सम्भव छैन । म कहिले कामको सिलसिलामा बाहिर जान्छु, कहिले माइती गएको हुन्छ । यतिकैमा डिभोर्स हुन्छ भनेर अनुमान लगाउनु गलत हो । ’