गायक साशन कंडेलको नयाँ गीत 'मेरो आशा'को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा विकास भुजेलको शब्द तथा सङ्गीत रहेको छ भने गीतको एरेन्ज विनय केटुले गरेका हुन् । गीतमा गायक आफैले अभिनय तथा निर्देशन गरेका छन् । अभिनयमा शासनलाई मोडल सर्भानी पाण्डे कंडेलले साथ दिएकी छिन् l भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् l